एलोप्याथिक उपचार पद्धतिको विरोध गर्दै आएका रामदेव पनि कोरोना खोप लगाउन राजी


काठमाडौँ, २८ जेठ । एलोप्याथीको विरोध गर्दै आएका भारतका योग गुरु बाबा रामदेवले पनि कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । पतञ्जलि आयुर्वेदिक संस्थाका संस्थापक रहेका भारतीय योगगुरु रामदेवले कोरोना खोप लगाउने घोषणा गरेका हुन् ।

भारतीय समाचार एजेन्सी पीटीआईले रामदेवले चाँडै कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरेको बताएको छ । एलोप्याथिकलगायत आधुनिक उपचार पद्धतिको विरोध गर्दै आएका रामदेव पछिल्लो समय विवादमा आएका थिए । 

रामदेवले बिहीबार कोरोनाविरुद्ध खोप लगाउने घोषणा गरेपछि भारतका चिकित्सकले उनी विरुद्ध देशव्यापी रूपमा सुरु भएको आन्दोलन मत्थर हुने आंकलन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्