काठमाडौँ महानगरले खोप कार्यक्रम स्थगित गर्ने


काठकाडमौं, २८ जेठ । काठमाडौँ महानगरपालिकाले सुरु गरेको कोभिडविरुद्धको खोप लगाउने काम स्थगित गर्ने भएको छ । महानगरको सहरी स्वास्थ्य महाशाखाले शुक्रवार सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलसम्म कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेल शनिवारदेखि स्थगित गर्ने जनाएको हो ।

विभागका प्रमुख हरिबहादुर कुँवरले जारी गरेको विज्ञप्ति जारी गरेर स्वास्थ्य सेवा विभागबाट जेठ २८ गतेबाट भेरोसेल खोप जिल्लालाई छुट्याएको सङ्ख्या पूरा भइसकेको सूचना प्राप्त भएकाले जेठ २८ गतेबाट महानगरपालिकाले सञ्चालन गर्दै आएको खोप अभियान कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताएको छ ।

कानपाले   २५ जेठमै वडाहरूलाई अर्को परिपत्र जारी गर्दै, त्यसअघि तोकिएका (६० देखि ६४ वर्ष उमेर समूह) बाहेक यसअघि खोप लगाउन छुटेका र अहिले बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न र अन्डर जब ट्रेनिङमा रहेका नर्सिङ र प्यारामेडिक्स तथा यसअघि भेरोसेलको पहिलो मात्रा लगाएर दोस्रो मात्रा छुटेकालाई परिचयपत्रका आधारमा खोप लगाउन अनुरोध गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्