काठमाडौँ, २८ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री भने नजाने भएका हुन् ।
दिउँसो २ बजेका लागि संसद् भवनमा बोलाइएको बैठकमा प्रधानमन्त्री ओली उपस्थित नहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सूर्य थापाले प्रधानमन्त्रीको नाममा पार्टी कार्यालयमा पत्र पुगेको तर प्रधानमन्त्रीलाई पत्र पठाएर बोलाउन नमिल्ने, पत्र पठाएर नभई भेटेर छलफल गर्नु पने भन्दै यसरी बोलाएको बैठकमा प्रधानमन्त्री सहभागी नहुने बताएका छन् ।
संसद् विघटन पश्चात् सभामुख सापकोटाले छलफललाई निरन्तरता दिइरहेका छन् ।