बेलबारीमा चट्याङले लागेर एक जनाको मृत्यु


बेलबारी, २५ जेठ । मोरङको बेलबारीमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको चट्याङले हानेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका साढे ७ बजे घरको बरन्डामा खाना खाई रहेको अवस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

मृतकको शवलाई पोस्टमार्टमका लागि लगिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्