बेलबारी, २५ जेठ । नेपाल औषधी व्यवसायी सङ्घ जिल्ला शाखा मोरङले इलाका प्रहरी कार्यालय बेलबारीलाई स्वास्थ्य सामग्री तथा औषधि वितरण गरेको छ ।
फन्ट लाइनमा रहेर काम गर्ने प्रहरीलाई कोरोनाको महामारीमा सहयोग पुगोस् भनेर स्वास्थ्य सामग्री तथा औषधि प्रदान गरिएको नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला शाखा मोरङका उपाध्यक्ष देशबन्धु ढकालले बताए । उपाध्यक्ष ढकाल संस्थाले आफ्नो सामाजिक दायित्वबोध गर्दै यसरी स्वास्थ्य सामग्री प्रदान गरिएको बताए ।
प्राप्त स्वास्थ्य सामग्री तथा औषधि बुझ्दै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी नायव निरीक्षक राजु विष्टले उपलब्ध स्वास्थ्य सामग्री तथा औषधिलाई सदुपयोग गरिने बताए ।
संस्थाले वृद्धाश्रम जस्ता अत्यावश्यक ठाउँमा स्वास्थ्य सामग्री तथा औषधि वितरण गरिसकेको छ भने जिल्लाका सबै इलाका प्रहरी कार्यालयमा स्वास्थ्य सामग्री तथा औषधि वितरण गर्ने कार्यक्रम रहेको संस्थाका महासचिव दिनेश ठाकुरले बताएका छन् ।