मुख्यमन्त्री भट्टको पक्षमा ३० मत खस्दा विपक्षमा मात्र ९ मत


धनगढी, २५ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मत पाएका छन् ।  आज भएको प्रदेशसभा बैठकमा मतदान हुँदा उनको पक्षमा ३० र विपक्षमा ९ मत खसे पछि उनको पद जोगिएको हो । 

५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक थियो । काँग्रेस तटस्थ बसे पनि नेकपा एमाले नेपाल –खनाल पक्षका १७ सांसदले मत दिए पछि उनको पद जोगिएको थियो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले भने भट्टको विपक्षमा उभिएको थियो ।

प्रतिक्रिया दिनुहोस्