बोयर बाख्रा प्रकरणबारे अध्ययन गर्न बेलबारी नगरपालिकाद्वारा ७ सदस्सीय छानबिन समिति गठन


बेलबारी, २५ जेठ । बेलबारी नगरपालिकाले बोयर बाख्रा प्रकरणबारे अध्ययन गर्न छानबिन समितिको गठन गरेको छ । सोमबार साँझ बसेको कार्यपालिकाको बैठकबाट नगरपालिकाले उपप्रमुख ढाकाकुमारी पराजुलीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति बनाउने निर्णय गरेको हो ।

छानबिन समितिमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक एक जना र नगरपालिकाका कर्मचारी दुई जना सदस्य रहने व्यवस्था गरिएको छ ।

उक्त समितिले अध्ययन गरी ७ दिन भित्र कार्यपालिकामा प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरिएको नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिएका छन् । नगरपालिकाले सम्झौता अनुसार काम नगरेको ठहरिएमा कम्पनीलाई कानुनी कारबारी गर्ने निर्णय गरिसकेको थियो । 

प्रतिक्रिया दिनुहोस्