तरुणदलद्वारा रक्तदान कार्यक्रम संचालन् : १५८ प्रिन्ट रगत सङ्कलन


सुन्दरहरैँचा, २३ जेठ । कोरोनाको कारण रगत अभाव हुन नदिन मोरङको सुन्दरहरैँचामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

कोरोना भाइरस (कोभिड –१९) को संक्रमणको कारण रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको तरुण दल सुन्दरहरैँचा नगर समितिले जनाएको छ ।

नगरको वडा नं ७ स्थित गछियामा आयोजना गरिएको रक्तदान कार्यक्रममा १५८ प्रिन्ट रगत सङ्कलन भएको तरुण दल सुन्दरहरैँचा नगर समितिका सभापति मिलन श्रेष्ठले जानकारी दिए ।

कोरोना भाइरसको जोखिम अवस्थामा रगतको अभाव हुने देखिएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको सभापति श्रेष्ठले बताएका छन् ।तरुण दलले अहिले नगरभरि अति विपन्न परिवारहरूलाई खाद्यान्न स्वरूप राहत सामग्री, कोरोना संक्रमितको घरमा सेनिटाइजर पुर्याउदै आएको तरुण दल सुन्दरहरैँचाका सचिव कुन्दन ढुङ्गानाले बताए ।

प्रतिक्रिया दिनुहोस्