डेनमार्कले नेपाललाई १४ लाख डोज एस्ट्राजेन खोप दिने


काठमाडौँ, २३ जेठ । डेनमार्क सरकारले नेपाललाई १४ लाख डोज कोरोनाविरुद्धको एस्ट्राजेनको खोप प्रदान गर्ने भएको छ ।

कोरोनाबाट लड्न डेनमार्क सरकारले नेपाललाई कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारीसहितको पत्र प्राप्त भएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका भीम सिंह तिंकरीले जानकारी दिएका छन् ।

विभागले शनिवार साँझ नै खोप ल्याउनका लागि सहजीकरण गरिदिन युनिसेफलाई पत्राचार गरिसकेको पनि उनले बताए । 

प्रतिक्रिया दिनुहोस्