बिजुलीको पोल ढल्दा बाटामा हिँडिरहेका मानिसको करेन्ट लागेर मृत्यु


उदयपुर, २३ जेठ । बिजुलीको पोल एक्कासि ढल्दा बाटामा हिँडिरहेका मानिसको करेन्ट लागेर मृत्यु भएको छ । 

उदयपुरको चौदण्डी गढी नगरपालिका–८ बेल्टारस्थित पिडीबासमा आज बेलटार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाको छ । 

प्रहरी प्रमुख भीमप्रसाद दाहालले दिएको जानकारी अनुसार बिहान ७ः ३० बजेतिर घुम्न निस्केका बेला सडकमा विद्युत् काठको मक्किएको पोल ढल्दा करेन्ट लागेर विश्वकर्माको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्