बेलबारी २३ जेठ । प्रविधिमैत्री शिक्षक समाज नेपाल प्रदेश नम्बर १ को प्रथम साधारण सभा सम्पन्न भएको छ ।
प्रदेश नं १ का सामाजिक विकास मन्त्री उषाकला राईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारसभामा शिक्षा विकास निर्देशनालय धनकुटा प्रमुख राजेन्द्र बुढाथोकी, शिक्षा तालिम केन्द्र प्रदेश १ सुनसरी प्रमुख सूर्यराज घिमिरे, सामाजिक विकास मन्त्रालय शिक्षा महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेल, शैक्षिक गुणस्तर कार्यान्वयन एकाई संयोजक मानबहादुर देवकोटा, प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भूपति बस्याल आदिको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री उषाकला राईले प्रविधिमैत्री शिक्षक समाजसँग सहकार्य गर्दै विद्यालय शिक्षाको गुणस्तर बढाउने प्रतिवद्धता व्यक्त गरिन् ।
जुममार्फत सम्पन्न साधारसभामा प्रदेश १ प्रविधिमैत्री शिक्षक समाज नेपालका ३१५ सक्रिय सदस्य शिक्षक तथा प्रदेशका अन्य आमन्त्रित शिक्षकहरूको सहभागिता रहेको थियो ।
आजको आधुनिक प्रविधियुक्त समयमा शिक्षण सिकाइमा प्राविधिको प्रयोग प्रत्येक कक्षा कोठामा पुर्याउन शिक्षक, विद्यार्थी, विद्यालय, अभिभावकलाई प्रविधियुक्त बनाई शिक्षामा गुणस्तरता ल्याउने उद्देश्यका साथ संस्थाको स्थापना भएको प्रविधिमैत्री शिक्षक समाज नेपाल प्रदेश नम्बर १ नव निर्वाचित सचिव छत्रपति दाहाल बताउछन् ।
प्रविधि मैत्री शिक्षक समाज नेपाल विधिवत रूपमा जिल्ला प्रसासन कार्यालय काठमाडौं र समाज कल्याण परिषदमा २०७५ बाट गठन भै सातै प्रदेशमा समय समयमा शिक्षकहरूलाई आधुनिक प्रविधियुक्त तालिमहरू सञ्चालन गर्दै आएको छ ।
प्रथम साधारण सभाबाट झापा जिल्ला दमक नगरपालिकाका शिक्षक बालकुमार रेग्मीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा नरेन्द्र घिसिङ, (मोरङ), महिला उपाध्यक्षमा इन्दिरा कटुवाल (सुनसरी), सचिवमा छत्रपति दाहाल (मोरङ), सहसचिवमा सन्तोष श्रेष्ठ (तेह्रथुम), कोषाध्यक्षमा खगेन्द्र श्रेष्ठ (धनकुटा) रहेका छन् ।
साथै समितिका सदस्यहरूमा मदन अधिकारी (झापा), भगिरथ पौडेल (इलाम), नविन्द्रराज अधिकारी (तेह्रथुम), खगेन्द्रराज पौडेल (धनकुटा), जीवन भट्टराई (उदयपुर), इन्दिरा श्रेष्ठ (सङ्खुवासभा) र प्रभात उदास (खोटाङ) रहेका छन् ।