सुर्खेत, २३ जेठ । कर्णाली प्रदेश सरकारमा नेपाली काङ्ग्रेसबाट थपिएका दुई जना मन्त्रीले आज शपथ लिने भएका छन् । काँग्रेसको कोटाबाट थपिएका यज्ञबहादुर बिसी र दिनबन्धु श्रेष्ठलाई आज आज पद तथा गोपनीयताको शपथ खुवाउन लागिएको हो ।
सुर्खेतका यज्ञबहादुर बिसी सामाजिक विकास मन्त्रालय र जुम्लाका दिनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
शुक्रवार साँझ मात्रै काँग्रेसले १३ बुँदे आचारसंहिता बनाएर आफ्ना दुई जना सांसदलाई सरकारमा पठाउने निर्णय गरेको थियो । काँग्रेसका दुई मन्त्री थपिएसँगै कर्णालीको मन्त्री मण्डल ८ सदस्यीय बनेको छ ।