आफ्ना नेतामाथिको कारबाही फुकुवा हुनुपर्ने एमालेको नेपाल समूहको अडान


काठमाडौँ, २३ जेठ । नेकपा एमालेको नेपाल समूहले पार्टी एकताको पहिलो शर्तको रूपमा आफ्ना नेतामाथिको कारबाही फुकुवा हुनुपर्ने  कुरालाई उठाएको छ ।   शनिवार बसेको नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको बैठकले उक्त निर्णय गरेको हो । 

समूहको जोड भनेको पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने नै रहेको यदि त्यसो नभएमा मात्र नयाँ पार्टी बनाउने निष्कर्षमा पुगेको नेपाल निकट नेता युवराज ज्ञवाली बत्ताउँछन् । 


नेता ज्ञवाली आफूहरूको चाहना भनेको पार्टी एकता नै भएको तर ओली भने एकताको विरुद्धमा रहेको बताउँछन् । तर आफूहरू इमान्दर भएर पार्टी एकताकै पक्षमा लाग्ने यदि नभएमा अदालतको फैसला पछि नयाँ निर्णय लिने ज्ञवालीको दाबी रहेको छ । 

ओलीसँग एकताका लागि नेपाल समूहले पाँच बुँदे सर्तसमेत अघि सार्ने भएको छ । निर्णायक वार्ताका लागि नेपाल पक्षले ११ जना सांसदमाथिको कारबाही फुकुवा हुनुपर्ने पहिलो सर्त राखेको छ । पार्टीका नेताहरूमाथि गरिएको कारबाही फिर्ता नलिएसम्म औपचारिक वार्ता नहुनेसमेत समूहको अडान रहेको छ । 


नेपाल समूहले पार्टीको कमिटीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने, ओलीले प्रतिनिधिसभा विघटनप्रति आत्मालोचना गर्दै निर्णय सच्याउनुपर्ने, तल्लो कमिटी व्यवस्थापनका निम्ति कार्यदल गठन गर्नुपर्ने र नवौँ महाधिवेशनको मार्गनिर्देशनहरू पार्टीको राजनीतिक गतिविधि हुनुपर्ने सर्त राखेको छ ।

प्रतिक्रिया दिनुहोस्