रहेनन् प्रजातन्त्र सेनानी तथा काँग्रेस नेता महेश्वरलाल श्रेष्ठ


काठमाडौँ, २२ जेठ । नेपाली काँग्रेस ज्येष्ठ राजनीतिज्ञ एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको निधन भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका एक योद्धाका रूपमा चिनिने श्रेष्ठको ८४ वर्षको उमेरमा काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा आज निधन भएको छ ।

तत्कालीन पञ्चायती व्यवस्थाबाट सम्पत्तिसहित सर्वस्वहरणमा परेका स्व. श्रेष्ठ र लामो समयसम्म जेल जीवन बिताएका थिए । नेपाली काँग्रेस चितवनका सल्लाहकार समितिका संयोजक रहेका स्व. श्रेष्ठ नेपाली काँग्रेसमा एक सरल र निष्ठावान् नेताका रूपमा चिनिन्थे ।

उनको निधनप्रति नेपाली काँग्रेसले गहिरो दुःख व्यक्त गर्दै एक असल इमानदार नेता गुमाएको बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्