इन्द्रपुर जेसिसले गर्यो दिवंगतका नाममा वृक्षारोपण


सुन्दरहरैँचा, २२ जेठ । वातावरण दिवसको अवसर पारेर पारेर आज सुन्दरहरैँचामा वृक्षारोपण कार्यक्रम संपन्न भएको छ ।

इन्द्रपुर जेसिस तथा जुनियर जेसिसको आयोजनामा सम्पन्न वृक्षारोपण कार्यक्रमको उद्घाटन इन्द्रपुर जेसिसका पूर्व अध्यक्ष एवम् सुन्दररहैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले गरेका थिए ।

कोभिड १९ बाट नगरभरि दिवङ्गत भएका नगरवासीको आत्माको चिरशान्तिको कामना गर्दै इन्द्रपुर जेसिस मंगल स्मृति सामुदायिक भवन परिसरमा गरिएको वृक्षारोपण कार्यक्रममा २६ जनाका नाममा एक एकवटा बिरुवा रोपिएको इन्द्रपुर जेसिसका अध्यक्ष कृष्ण ओझाले जानकारी दिएका छन् । 

‘एक दिवङ्गत एक बिरुवा’को नारा दिएको उक्त कार्यक्रममा जनप्रतिनिधि, जेसिसका पदाधिकारी, कोरोनाबाट मृत्यु भएका परिवार तथा सर्वसाधारणकोसमेत सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्