श्रीमती आउट श्रीमान् इन : श्रीमान् श्रीमती आलोपालो मन्त्री


काठमाडौँ, २२ जेठ । केपी शर्मा ओलीको मन्त्रिपरिषदमा श्रीमान् श्रीमती पालैपालो मन्त्री हुने पनि छन् । यस्ता भाग्यमानी नेकपा एमालेका नेता रघुवीर महासेठ र उनकी पत्नी जुलीकुमारी महतो रहेका छन् । 

यसपटकको मन्त्रीपरिषदमा उपप्रधान तथा परराष्ट्र मन्त्री भएका रघुवीर महासेठ २०७४ चैत २ गते भएको मन्त्रिपरिषद् विस्तारमा उनी भौतिक पूर्वाधार मन्त्री भएका थिए ।

२० महिनासम्म मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी २०७७ पुस १० गतेको मन्त्रिमण्डल हेरफेरमा बाहिरिएका थिए । उनी बाहिरिए बित्तिकै उनकी श्रीमती मन्त्री बन्न पुगिन । संयोग पनि विचित्रको छ । ५ पुसमा प्रधानमन्त्री ओलीले एकलौटी रूपमा संसद् विघटन गर्ने निर्णय लिएसँगै मन्त्रिपरिषद्मा रहेका माधवकुमार नेपाल पक्ष र पुष्पकमल दाहाल ’प्रचण्ड’ पक्षका मन्त्रीहरूले राजीनामा दिए ।

दाहाल नेपाल समूहमा लागेकी उनकी श्रीमती पुनः लाइन परिवर्तन गरेर ओलीतिर लागिन् र मन्त्री भइन । त्यस वेला उनी महिला तथा बालबालिका मन्त्री बनेकी थिइन । 

अहिले जसपालाई सरकारमा ल्याउने ओलीको निर्णयसँगै जुलीकुमारी बाहिरिने बित्तिकै उनका श्रीमान् सरकाको मुख्य जिम्मेवारीका साथ मन्त्री भएका छन् । हेर्दा संयोगजस्तो लागे पनि नेपाली राजनीतिका यस्ता पात्रहरू प्रशस्त रहेका छन् । यसलाई लोकतन्त्रको उपलब्धिकै रूपमा लिनु पर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्