कर्मचारी सङ्घद्वारा कोभिड सम्बन्धी भर्चुअल कार्यक्रम आयोजना


काठमाडौँ, २२ जेठ । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घले कोभिड १९ को कारण खेलकुद क्षेत्रमा देखिएको प्रभाव र कोभिडका बिच खेल क्षेत्रको सक्रियताका बारेमा भर्चुअल कार्यक्रमको आयोजना गरेको थियो ।

कोभिड १९, त्यसको प्रभाव, सुरक्षाको उपाय, र खेल क्षेत्रलाई चलायमान गर्ने सम्बन्धमा के कसरी अगाडी बढ्न सकिन्छ भन्ने बारेमा मुख्य वक्ता राखेपका पूर्व चिकित्सक अजय समशेर जङ्गबहादुर राणाले कार्यक्रममा सहभागी सबैलाई जानकारी गराए । कोभिडका कारण सबै क्षेत्र आक्रान्त भइरहेको अवस्थामा खेलकुद क्षेत्र पनि अछुतो रहन सकेको छैन । कोभिडका कारण खेल क्षेत्रका व्यक्तिहरुले पनि आफ्नो ज्यान गुमाउन पुगेका छन् । यस्तै कतिपय व्यक्तिहरू सङ्क्रमणका कारण आइसोलेसन र अस्पतालमा उपचार गराइरहेका छन् । 

कार्यक्रमको सभापतित्व कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापाले गरेका थिए भने कार्यक्रमको संयोजन राजु मास्केले गरेका थिए । यस्तै सहजकर्ताका रूपमा सङ्घका महासचिव फणीन्द्र पौडेलले गरेका थिए । कार्यक्रमलाई राखेपमा सदस्यहरू इन्दिरा निरौला, रिम रानाभाट, तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन् बि.क., राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ लगायतले कोभिडका कारण खेलकुद क्षेत्रले भोग्नु परेको प्रभावका बारेमा आफ्नो धारण राखेका थिए ।

आफ्नो धारणा राख्ने क्रममा इन्दिरा निरौलाले आफूले जावलाखेलमा सुविधा सम्पन्न आइसोलेसन सेन्टरको स्थापना गरेको र आफूले खेलकुद सँग सम्वन्धितहरुको सक्दो जानकारी राखेको र समस्या समाधानका लागि पहल गरिरहेको जानकारी गराइन् ।

पहिलो चरणको कोभिडबाट सामान्य प्रभावमा रहेको खेलकुद क्षेत्र दोस्रो भेरियन्टमा निकै नै क्षति बेहोर्न बाध्य भएको छ । 

प्रतिक्रिया दिनुहोस्