ओलीले गरे मन्त्रिपरिषदमा व्यापक फेरवदल : नयाँ बन्ने मन्त्रिमण्डलमा चार जना बाहेक एमालेका सबै मन्त्री बाहिरिँदै


काठमाडौँ, २१ जेठ । वर्तमान मन्त्रिपरिषद्मा व्यापक हेरफेर हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका नेकपा एमालेका चार मन्त्री बाहेक सबैलाई हटाएर नयाँ मन्त्रीहरू नियुक्त गर्न लागेका हुन् ।

अहिलेको मन्त्रिपरिषदमा भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने र तिनका ठाउँमा एमालेबाट केही नयाँ र अरू जसपाका नेताले स्थान पाउने भएका छन् । 

अब बन्ने मन्त्रिपरिषदमा जनता समाजवादी पार्टी (जसपा)का आठ जना मन्त्री र दुई राज्यमन्त्री तथा एमालेका दुई मन्त्री थपिने श्रोतले जनाएको छ । एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुवीर महासेठले पाउने भएका छन् भने शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

जसपाबाट थपिएका नयाँ मन्त्रीहरू :राजेन्द्र महतो –उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालय

शरद सिंह भण्डारी– ऊर्जा तथा जलस्रोत मन्त्रालय

अनिल झा– खानेपानी तथा सरसफाइ मन्त्रालय

लक्ष्मणलाल कर्ण–भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

विमल श्रीवास्तव – श्रम तथा रोजगार मन्त्रालय

उमाशङ्कर अरगरिया– वन तथा वातावरण मन्त्रालय

चन्दा चौधरी– महिला तथा बालबालिका मन्त्रालय

एकबाल मियाँ– युवा तथा खेलकुद मन्त्रालय

चन्द्रकान्त चौधरी –(राज्यमन्त्री, ऊर्जा)

रेणुका गुरुङ (राज्यमन्त्री, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय

प्रतिक्रिया दिनुहोस्