किरियापुत्री बसेका सङ्खुवासभाका एक दम्पतीको आगलागीमा परेर मृत्यु


सङ्खुवासभा, २१ जेठ । सङ्खुवासभामा किरियापुत्री बसेका एक दम्पतीको आगलागीमा परेर मृत्यु भएको छ ।

केहीदिनअघि परलोक भएका पिताको किरियामा बसेका मादी नगरपालिका–५ च्याङ्रिङ्मा आगलागीमा परेर ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको हो ।

मादी नगरापालिका वाड नं ५ का अध्यक्ष नेत्रप्रसाद दाहालका अनुसार गए राति आगलागीमा परेर किरियापुत्री बसेका दाहाल दम्पतिको मृत्यु भएको हो ।

उनीहरू सातदिन अघि मृत्यु भएका ८४ वर्षीय पिता कृष्णप्रसाद दाहालको काजकिरियाका लागि कोरोमा बसेका थिए ।

आगलागीमा परेर पत्नि कमलाको घटनास्थमै मृत्यु भएको थियो भने श्रीमानको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको अध्यक्ष दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्