काठमाडौँ, २१ जेठ । नागरिकता अध्यादेशविरुद्धका निवेदनको सुनुवाइ आजबाट सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा गठित संवैधानिका इजालसमा सुनुवाई सुरु भएको हो ।
प्रधानन्यायाधीश जबराको अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
नागरिकता अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताहरू विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, वीरभद्र जोशी लगायतले रिट दायर गरेका थिए । नागरिकता अध्यादेशविरुद्धका ६ वट रिटमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।