सुन्दरहरैँँचा, २१ जेठ । सुन्दरहरैँचाबाट चोरी भएका मोटरसाइकल चोरीको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले इटहरी उप–महानगरपालिका–२ का ४० वर्षीय सुवास चन्द्र राई, इटहरी– २० का ३८ वर्षीय बलराम गुरुङ र इटहरी– १३ का २६ वर्षीय राजेश मेहेतालाई पक्राउ गरेको छ ।
जेठ १२ गते मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बाट गजेन्द्र राईको नाममा रहेको प्रदेश–१–०५–००१ प.००६१ न.को २ सय सिसीको मोटरसाइकल हराएको थियो ।
मोटरसाइकल हराएको जानकारी हुनासाथ अनुसन्धान तथा खोजतलासमा बढाएको र उनीहरूलाई इटहरीको खनारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।