पाँचथरमा धतुरोको तरकारी खाँदा एक जनाको मृत्यु : पुरै परिवार बिरामी


पाँचथर, २१ जेठ । धतुरोको तरकारी खाँदा पाँचथरमा एक जनाको मृत्यु भएको छ । धतुरोको तरकारी खाएर बिरामी भएका पाँचथर फाल्गुनन्द गाउँपालिका–४ चिलिङदेनका ६८ वर्षीय लक्ष्मी नेम्बाङको गएराति मृत्यु भएको पारिवारिक श्रोेतले जनाएको छ ।

मृतकका छोरा लोकेन्द्र नेम्बाङले दिएको जानकारी धतुरोको तराकारी खाएर बिरामी भएका पिताको  विराटनगरस्थित न्युरो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । 

धतुरोको तरकारी खाँदा उनीसहित परिवारका सातै जना बिरामी भएका थिए । तर परिवारका अन्य सदस्यहरू भने निको भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्