काठमाडौँ, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले खानीजन्य ‘ढुङ्गा, गिटी र बालुवा निकासीले मधेसलाई मरुभूमि बनाउने बताएका छन् ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले ढुङ्गा, गिटी र बालुवा निकासी गरी मधेसलाई मरुभूमि बनाउने कार्य भइरहेको बताउँदै त्यो कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले खानीजन्य ढुङ्गा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने भन्ने सरकारी नीतिले सर्वत्र आशङ्का र चिन्ता पैदा भएको पनि उल्लेख गरेका छन् । उनले वातावरणीय सन्तुलन बिगार्ने तथा तराई–मधेस र भित्री मधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन् ।