लेटाङ प्राथमिक स्वास्थ्य केन्द्रका सेवा ५ दिनका लागि बन्द


लेटाङ, २१ जेठ । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि लेटाङ प्राथमिक स्वास्थ्य केन्द्र पाँचदिनका लागि बन्द गरिएको छ । कर्मचारीमा कोरोना पोजेटिभ पुस्टी भए पछि लेटाङ स्वास्थ्य केन्द्रका सेवा जेठ २४ गतेसम्मका लागि बन्द गरिएको हो । 

नगरपालिकाले बुधवार एक सूचना निकाल्दै आमा सुरक्षा कार्यक्रम (सुत्केरी सेवा) तथा नियमित कोरोना जाँचबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जेठ २५ गतेदेखि नियमित स्वास्थ्य सेवा सुचारु हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्