काठमाडौँ, २१ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले छुवाछुत तथा जातीय विवेधले समाजलाई उँभो नलगाउने विचार व्यक्त गरेकी छिन् । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले छुवाछुत प्रथाले समाजलाई अधोगतितर्फ लैजाने हुँदा सभ्य समाजका लागि यो अस्वीकार्य रहेको बताएकी छिन् ।
राष्ट्रपति भण्डारीले समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको समूल अन्त्य हुन नसकेको बताएकी छिन् ।
राष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशमा ‘जातीय विवेध सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध भएकोले यो प्रथाविरुद्ध लड्न आवश्यक रहेको छ भनिएको छ ।