सर्वोच्च अदालतको आज ‘फुल कोर्ट’ बैठक बस्दै


काठमाडौँ, २१ जेठ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज फुल कोर्ट बैठकको आह्वान गरेका छन् । आजको फुल कोर्ट बैठकमा २० जना न्यायाधीश सहभागी हुन सर्वाेच्च अदालतले जनाएको छ । 

कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि सङ्कुचन गरिएको अदालतको सेवा सम्बन्धमा र अर्को विविध विषय गरेर दुई वटा एजेण्डा राखिएका छन् । यस अघि जेठ १३ गते सर्वोच्च अदालतको फुल कोर्ट बैठक बसेको थियो ।

आजको ‘फुल कोर्ट’को बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनको विषय प्रवेश पाउने बुझिएको छ ।

बुधवार मात्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिशनका पदाधिकारीबिच संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन लगायतबारे भएको सहमति भएको थियो । 

प्रतिक्रिया दिनुहोस्