काठमाडौँ, २१ जेठ । सरकारले नेपाल प्रेस काउन्सिको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई अध्यक्षमा नियुक्त गरेको हो ।
दोलखाका बस्नेतले नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा नेपाल टेलिभिजनका बोर्ड सदस्यसमेत रहेर काम गरेका छन् । उनले लामो समयसम्म कान्तिपुर दैनिकमासमेत काम गरेको थिए ।
प्रेस काउन्सिल लामो समयदेखि कार्यवाहक अध्यक्षको नेतृत्वमा चलिरहेको थियो ।