सांसदका छोराले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु


विराटनगर, २१ जेठ । प्रदेश सांसदको छोराले चलाएको कारको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ ।

प्रदेश नं १ प्रदेश सभा सदस्य बिन्दिया कार्कीका छोरा रोविन कार्कीले चलाएको गाडीले ठक्कर दिँदा पैदल यात्री ३५ बर्सिया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो । 

घाइते भएका उनको उपचारका लागि कोसी अस्पताल लगिएको थियो । केही समयमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही कारको ठक्करबाट कटहरी निवासी २२ बर्सिया राजकुमार राजवंशी पनि घाइते भएका छन् । उनको नोबेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

दुर्घटनामा परेको कार क्षतिग्रस्त भएको छ । भने दुर्घटना पश्चात् चालक कार्की त्यहाँबाट फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्