काठमाडौँ, २० जेठ । नेपालमा पछिल्ला दिनहरूको तथ्याङ्कलाई हेर्दा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या घट्दोक्रमा देखिन्छ ।
पछिल्लो २४ घण्टामा थप ७५ जनाको मृत्यु भएको छ । यो सङ्ख्या अघिल्ला दिनको तुलनामा घटी हो । १७ गते ११४ रहेको यो सङ्ख्या १८ मा ६८ हुँदै १९ गते आइपुग्दा ७५ पुगेको देखिन्छ । यसरी हेर्दा यो सङ्ख्या घटेको देखिन्छ । यसलाई राम्रो सङ्केतका रूपमा लिन सकिए पनि यसैमा विस्वस्त हुन भने नसकिने जानकारहरू बत्ताउँछन् ।
मृत्युदरमा केही कमी आए पनि सङ्क्रमण दरमा भने खासै भिन्नता आएको देखिँदैन । ६०८६ रहेको सङ्ख्या २० गतेसम्म आइपुग्दा पनि त्यही दरमा देखिन्छ । पछिल्लो २४ घण्टामा ५,९०४ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् भने ६,८२५ नयाँ सङ्क्रमित थपिएका छन् ।