चक्रवातको प्रभाव कायमै : आज पनि मेघ गर्जनसहित वर्षाको सम्भावना


काठमाडौँ, २० जेठ । भारतको पश्चिम बङ्गाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रबाट निस्किएको बायु चक्रवातको प्रभाव अझै पनि रहेको मौसम विदले बताएका छन् । 

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज देशभरका पहाडी भेगमा आंशिक बदली हुने छ भोक बाँकी क्षेत्रमा मौसम सामान्य रहने छ । प्रदेश–१ लगायत अन्य प्रदेशका पहाडी भूभागमा दिउसो आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रदेश–१ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले सचेत रहन आग्रह गरिएको छ । राती पनि प्रदेश १ का एक दुई स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ । 

प्रतिक्रिया दिनुहोस्