बेलबारी, १९ जेठ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) नगर कमिटी बेलबारीले बोयर बाख्रा प्रकरणमा संलग्नलाई चाँडो कारबाहीको दायरामा ल्याउन माग गरेको छ । ग्रो अर्गानिक कृषि प्रा.लि.सङ्खुवासभाको ‘फुल ब्लड अष्ट्रेलियन’ बोयर बोका/बाख्रा खरिद तथा वितरण कार्य बेलबारी नगरपालिकासँगको सम्झौता अनुसार नभएको भन्दै एमाले नगर कमिटी बेलबारीले आज (बुधवार) विज्ञप्ति जारी गर्दै शीघ्र कारबाहीको माग गरेको हो ।
केही दिन अघि बेलबारी नगरपालिकाले किसानलाई वितरण गरेको अष्ट्रेलियन बोयर जातका बाख्राको विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचार र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति नेकपा एमाले नगर कमिटी बेलबारीले आफ्नो ध्यान आकृष्ट भएको बताउँदै नगरपालिकालाई चाँडो सम्झौता अनुसारको काम नगर्ने कम्पनीलाई कारबाही गर्न जोडदार माग गरेको छ ।
अध्यक्ष रविन थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको ‘छ बेलबारी नगरपालिकाले जनताका बिचमा धेरै लोकप्रिय काम गरेको नगरवासीमा सर्वविदितै छ । तर पछिल्लो समय नगरवासीको आयआर्जन वृद्धि गर्न भनी नगर सभाबाटै पास भएको र नगर कार्यपालिकाको बैठक बसेरै फुल ब्लड बोयर बोकापाठा अस्ट्रेलियाबाटै ल्याएर किसानलाई वितरण गर्ने भनिए पनि वितरण गरिएका पाठापाठी सम्झौता अनुरूप नभएको भनी विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा भएका टिका टिप्पणीप्रति पार्टीको ध्यान आकृष्ट भएको छ ।’
यस विषयमा नगरपालिकाले निकालेको विज्ञप्ति अनुसार सम्झौता अनुसारको काम नगर्ने कम्पनीको सम्झौता रद्ध गरी धरौटीसमेत जफत गरी कालो सूचिमा राख्नसमेत विज्ञप्तिमार्फत माग गरिएको छ । साथै पार्टीले उक्त घटनाको सत्यतथ्य पारदर्शी रूपमा बाहिर ल्याउन पनि नगरपालिकालाई निर्देश गरेका छ ।
उता बेलबारी नगरपालिकाले भने यसअघि नै विज्ञप्ति नै निकालेर बाख्रा खरिद गर्ने कम्पनीलाई शुद्ध अस्ट्रेलियन बोयर भएको पुस्टी हुने आवश्यक कागजात उपलब्ध नगराए कानुनी कारबाही गर्ने बताइसकेको छ ।
प्रेस विज्ञप्ति :