काठमाडौँ, १८ जेठ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाइने भएको छ । मङ्गलवार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबिचको बैठकले जारी निषेधाज्ञा १० दिन लम्ब्याउने तर सो क्रममा निषेधाज्ञालाई केही खुकुलो बनाउने बारेमा पनि छलफल भएको छ ।
निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा सहयोग पुगी संक्रमणदर कम हुँदै गएको ठहर गरेर १० दिन निषेधाज्ञाको समय थप्ने तर यो अवधिमा निषेधाज्ञालाई केही खुकुलो बनाउनेमा पनि तीनवटै जिल्लाका प्रमुखहरू सहमत देखिएका छन् ।
सर्वसाधारणको जनजीवनलाई केही सहज बनाउन खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे छलफल भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
निषेधाज्ञामा कढाइगरेसँगै सर्वसाधारणलाई सास्ती भएको, जनता मार्कामा परेका जनगुनासाहरू सुनिँदै आए पछि यिनै गुनासालाई सम्बोधन गर्न पनि निषेधाज्ञाबिच पनि केही खुकुलो पारिने तयारी भएको हुनसक्ने जानकारहरू बताउँछन् ।