काठमाडौँ, १८ जेठ । चीन सरकारले नेपाललाई अनुदानमा दिएको आठ लाख खोप काठमाडौँ आइपुगेको छ । कोरोना भाइरसविरुद्धको खोप लिएर चिनको बेइजिङबाट नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज आज काठमाडौँ आइपुगेको हो ।
खोप लिन जहाज सोमबार राति बेइजिङ उडेको थियो । चीनले अनुदानमा दिने भनेको १० लाखमध्ये आठ लाख भेरोसेल खोप लिएर जहाज मङ्गलवार अपराह्न काठमाडौँ अवतरण भएको निगमले जनाएको छ । चिनबाट प्राप्त भएको यो भेरोसेल खोप शिक्षक तथा सार्वजनिक सवारीका चालकलगायतकालाई दिइने मन्त्रालयले जनाएको ।
अहिलेसम्म चिन, भारतबाट अनुदान र खरिद गरेर ३२ लाख ४८ हजार मात्रा खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ ।