काठमाडौं, १८ जेठ । इजलास गठनका विषयमा उठेका प्रश्न तथा विवाद निवारणका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यबिच छलफल भइरहेको छ ।
पछिल्लो समय संसद् विघटनसम्बन्धी मुद्दा सुनुवाइ गर्न बनेको संवैधानिक इजलासका न्यायाधीशद्वय तेजबहादुर र केसी र बमकुमार श्रेष्ठको विषयलाई लिएर खटपट पैदा भएको छ । न्यायाधीशद्वय केसी र श्रेष्ठलाई इजलासमा राख्न नहुने बारको माग रहेको भए पनि प्रधानन्यायाधीशले उनीहरूलाई स्वनिर्णय गर्ने जिम्मा दिएका थिए तर दुवै जना न्यायाधीशले आफूहरू इजलासबाट नहट्ने बताए पछि बार र सर्वोच्चका न्यायाधीशबिच खटपट पैदा हुँदै आएको छ ।
यस्तै खटपटकी बिच आज मुद्दाको सुनवाइ गर्ने तयारी भइरहेको छ । त्यसअगाडि सर्वोच्च अदालत बार एशोसिएनको टोलीले यस विषयमा पुनर्विचार गर्न भन्दै प्रधानन्यायाधीश जबरालाई भेट्न लागेको हो ।