तेह्रथुम, १८ जेठ । कामको सिलसिलामा इजरायलमा रहेका तेह्रथुमहरूले जिल्ला अस्पताल तेह्रथुमलाई एक लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
तेह्रथुममा जन्मिएर कामको सिलसिलामा इजरायल पुगेका विभिन्न १२ जना तेह्रथुमेहरू रकम सङ्कलन गरेर १ लाख रुपैयाँ बराबरको आधा दर्जनभन्दा बढी स्वास्थ्य सामग्री जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको देव बास्कोटाले बताएका छन् ।
रकम जम्मा गर्नेहरूमा देव बास्कोटा, प्रवीण आङबुङ, कमला सेनेहाङ, लता आङबुङ, तुलसा सुब्बा तुम्बाहाङ्फे, दुर्गा चोङबाङ, प्रतिमा आङबुङ लिम्बु, जीवन बुढाथोकी, जेम्स सेनेहाङ, गीता तुम्बाहाङ्फे नयन इम्सोङ रहेका छन् ।
लामो समयदेखि ईजराईलमा रहेका देव बास्कोटाको पहलमा सङ्कलन भएको रकमबाट जिल्ला अस्पताललाई ६ सेट पिपिई, १० सेट पल्स अक्सीमिटर, १० सेट अक्सिजन मास्क, ५० सेट फेस सिल्ड, ५ जार स्क्रप केमिकल, ५ पिस अक्सिजन रेगुलेटर, १५ लिटर सेनिटाईजर, २५० थान मास्क गरी १ लाख रुपैयाँको स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्तरण गरिएको छ ।
आफ्नो गाँस कटाएर जम्मा गरेको रकमले स्वास्थ्य सामग्री जिल्लामा पठाउने युवाहरूको कार्यलाई महत्त्वका साथ हेरिएको जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष शिव प्रसाद ढुङ्गाना बताउँछन् ।