एसईई परीक्षा आन्तरिक मूल्याङ्कनबाट गराउन शिक्षा मन्त्रालयको प्रस्ताव


काठमाडौँ, १७ जेठ । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कनका आधारमा गराउने प्रस्ताव गरेको छ । सोमबार बसेको मन्त्रालयमा बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्याङ्कनका आधारमा गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो ।

एसईईलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डद्वारा सरकारसँग अनुमति मागिएको भोलिपल्टै मन्त्रालयको यस्तो निर्णय आएको हो । बोर्डले आइतबार मात्रै सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको थियो ।

गत वर्ष पनि कोरोनाका कारणले परीक्षा हुन सकेको थिएन । आन्तरिक मूल्याङ्कनकै आभारमा परीक्षाफल तयार पारिएको थियो । 

प्रतिक्रिया दिनुहोस्