आफ्नो उमेद्वारले पक्का जित्ने प्रतिपक्षी गठबन्धनको दाबी : लुम्बिनी राष्ट्रियसभा सदस्य उपनिर्वाचन


बुटवल, १६ जेठ । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको सोमबार हुने उपनिर्वाचनमा आफ्ना उमेद्वारले जित्ने पक्का भएको विपक्षी गठबन्धनले दाबी गरेको छ । 

जीतका लागि ३ हजार ८५० मत ल्याउनु पर्छ । मतभार अनुरूप ७९ प्रदेशसभा सदस्यको ३ हजार ७९२ र स्थानीय तहतर्फका २१७ जनाको ३ हजार ९०६ गरी कुल ७ हजार ६९८ मत सङ्ख्या छ । 

नेपाली काँग्रेसका संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुद्धिन खानले आफूहरूसँग स्पष्ट बहुमत रहेकाले जीत सुनिश्चित रहेको दाबी गर्छन् । माओवादी केन्द्रका नेता सुदर्शन बरालको गठबन्धनमा प्रदेशसभातर्फ कूल १ हजार ९६८ र स्थानीय तहतर्फको १ हजार ९९८ गरी कूल ३ हजार ९८४ मत सङ्ख्या रहेको दाबी छ । 

प्रदेशसभामा कूल मतदाता सङ्ख्या २९६ रहेको छ । जसमा विपक्षी गठबन्धनले त्यसको बहुमत आफूहरूले पाउने दाबी गरेका छन् । प्रदेशसभा सदस्य ७९ जना र स्थानीय तहका प्रमुख उपप्रमुख २१७ जना छन् ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १८ गणना हुन्छ । स्थानीय तहका २१७ मध्ये ९४ एमालेका, काँग्रेसका ६३, माओवादी केन्द्रका ३६, जसपाका १३, जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना छन् । मतदानमा भाग लिने प्रदेश सभा सदस्यमध्ये एमालेका ३८, विपक्षी गठबन्धनमा ४१ छन् ।

यता नेकपा एमालेले पनि आफूले जित्नेमा पक्का रहेको बताउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्