विवेकशील साझाका पूर्व अध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल


काठमाडौँ, १६ जेठ । विगत तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

 स्वास्थ्यमा थप समस्या आए आएपछि थापा केही दिन अगाडि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट रेफर भई मेडिसिटीको सघन उपचार कक्षमा भर्ना भएका थिए । त्यहाँ उनको उपचार भइरहेको छ । 

उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग भइरहेको भए पनि थापाका अवस्था जटिल बन्दै गएको अस्पतालले जानकारी दिएको छ  ।थापा एक जुझारु एवम् इमान्दार युवा नेताका रूपमा परिचित रहँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्