नेपालमा कोरोना सङ्क्रमण दर घट्दो : ६,२०५ जनाले जिते कोरोना


काठमाडौं, १६ जेठ । नेपालमा कोरोना सङ्क्रमण दर घट्दो क्रममा रहेको देखिएको छ । पछिल्लो २४ घण्टामा ४,३६९ जना नयाँ सङ्क्रमित थपिदा ६,२०५ जना कोरोना सङ्क्रमित उपचारपछि निको हुनुले पनि नेपालमा कोरोना सङ्क्रमण दर घटेको देखाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,०९३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा सङ्क्रमण पुष्टि भएको हो । देशभर एक लाख ८ हजार ८९७ जना सङ्क्रमित रहेका छन् ।

अघिल्लो दिनको तुलमामा कोरोना सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्यामा भने आज केही बढेको देखिन्छ । शनिवार कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६९ रहेकोमा आज त्यो सङ्ख्या बढेर १०९ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्