कोरोना सङ्क्रमणबाट पत्रकार भण्डारीको निधन


पाँचथर, १६ जेठ । कोरोना सङ्क्रमणबाट नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ । गत वैशाख ३१ गते कोरोना सङ्क्रमण भएर उपचारका लागि झापाका बिर्ता सिटी अस्पताल भर्ना भएका भण्डारीको उपचारकै क्रममा हिजो शनिवार निधन भएको पत्रकार महासङ्घ पाँचथर शाखाले जनाएको छ ।

अध्यक्ष गिरिराज बास्कोटाले पत्रकार भण्डारीको शनिवार बेलुका फिदिम ४ माझीटारस्थित हेंवाघाटमा अन्त्येष्टि गरिएको थियो ।

हिलिहाङ गाउँपालिका ५ सुभाङ घर भई फिदिम बस्दै आएका भण्डारी १५ वर्षदेखि स्थानीय सञ्चार माध्यममा क्रियाशील थिए । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले शोक वक्तव्य जारी गर्दै भण्डारीको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ । मृतक भण्डारीका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्