बिराटचौक, १६ जेठ । सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० र १२ मा युवाहरूको एउटा समूहले निम्न आय भएका गरिब तथा अति विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले आँसु पुछौँ अभियान नै सञ्चालन गरेका छन् ।
कोरोनाका कारण देशमा भएको लकडाउनले गर्दा व्यवसाय गुमाएका गरिब तथा अति विपन्न परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको अभियानका संयोजक रविन फुयाँल बत्ताउँछन् ।
संयोजक फुयाँलका अनुसार यो अभियान अन्तरगत हालसम्ममा १ सय भन्दा बढी घरपरिवारलाई खाद्यान्न सहयोग गरिसकिएको छ । यो अभियानमा स्थानीय राजु खनाल, निर्जल रोक्का, आभाष न्यौपाने लगायतका युवाहरूको सक्रियता रहेको छ ।
लकडाउनले शिथिल भएका बेलामा यसरी युवाहरूको समाजसेवाप्रतिको आकर्षणलाई सुन्दरहरैँचा ११ शुक्रबारेका हिमाल अधिकारी राम्रो सङ्केतका रूपमा लिएको बताउँछन् ।