काठमाडौँ, १५ जेठ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको छ ।
आज आर्थिक वर्ष २०७८\७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना रोकथाम, नियन्त्रणका लागि उक्त रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि ल्याएको बताएका छन् ।यस्तै सरकारले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।
प्रत्येक वर्षको जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारणले अध्यादेशमार्फत भए पनि बजेट ल्याउन सरकार वाध्य बनेको थियो । प्रतिनिधिसभा विघटन भएकोले अध्यादेशमार्फत नै बजेट ल्याउनु पर्ने वाध्यता रहेको सरकारको जिकिर रहेको छ ।
कामचलाउ सरकारले फुलफेजको बजेट ल्याउन नमिल्ने, चुनावी प्रकृतिको मात्र बजेट मात्र ल्याउनु पर्छ भनेर चौतर्फी रूपमा विरोध भए पनि सरकारले फुलफेजकै बजेट ल्याएको छ ।
अध्यादेशमार्फत बजेट नल्याउन पूर्व अर्थमन्त्री, पूर्व प्रधानन्यायाधीश, योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व प्रमुख निर्वाचन आयुक्त लगायतले आग्रह गरिरहेको भए पनि वर्तमान सरकार विज्ञहरूको राय सुझावलाई सुनेन ।