काठमाडौँ, १५ जेठ । चक्रवातको प्रभाव कमजोर बनेसँगै मौसममा केही सुधार आएको छ । बङ्गालको खाडीमा विकसित भएर भारत, बङ्गलादेश तथा नेपालमासमेत ठूलो प्रभाव पारेको यास चक्रवातको प्रभाव केही कम भएसँगै नेपालमा मौसममा पनि केही सुधार देखिएको हो ।
चक्रवातका कारणले गत मङ्गलवारदेखि नेपालको मौसम बद्ली भएको थियो । मौसम बदलीसँगै देशका केही स्थानमा मेघगर्जनसहित पानी परेको थियो । चक्रवातको प्रभाव कमजोर बनेर गएसँगै पाँच दिनपछि मौसममा केही सुधार हुन थालेको मौसम पूर्वानुमान महाशाखाल जनाएको छ ।
आकाश सफा देखिएर घाम लागे पनि सामान्य वर्षा हुने सम्भावना भने कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।