काठमाडौँ, १५ जेठ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जल थापाको परिवारले विर्तामोठस्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका कार्यकारी निर्देशक प्रसाईंको सहयोग नलिने भएको छ ।
थापाको उपचारका लागि आर्थिक सहयोग जुटिरहेको, अमेरिकामा रहेका आफन्तजन तथा शुभचिन्तकहरूबाट २७ लाख बराबरको रकम उठिसकेको र उठ्ने क्रम जारी रहेकोले प्रसाईँको सहयोग अस्वीकार गर्ने उनको परिवारले जनाएको छ ।
प्रसाईंले शनिबार मात्रै थापाको उपचार खर्च बेहोर्ने जनाएका थिए तर यो समाचार बाहिर आउनसाथ उनको परिवारले विज्ञप्ति नै निकालेर उक्त सहयोग नलिने बताएको छ । थापा केहीदिन देखि कोरोनासँग जुदिरहेका छन् ।
स्वास्थ्यमा थप समस्या आए आएपछि थापा केही दिन अगाडि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट रिफर भई मेडिसिटीको सघन उपचार कक्षमा भर्ना भएका छन् । त्यहाँ उनको उपचार भइरहेको छ ।