काठमाडौँ, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट ४३० जना कैदीहरूको कैद मिनाहा गरिएको छ । कोरोनाका कारण हरेक साल गणतन्त्र दिवसको टुँडिखेलमा हुँदै आएको मूल समारोह यसपल्ट सैनिक मुख्यालयभित्र आयोजना गरिएको छ ।
देशमा गणतन्त्र आएको यतिका वर्ष भइसक्दा पनि जनताले गणतन्त्रको अनुभूति गर्न नसक्दा यस दिवसको महत्त्व बढ्न सकेको छैन । त्यसो त पछिल्ला सालहरुमा दिवश दिवशका लागि मात्र जस्ता भैरहेका छन् ।