विराटनगर, १४ जेठ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७९१ जनाले सङ्क्रमण जितेर घर फर्किएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रवार मन्त्रालयकाअनुसार ३४१ महिला र ४५० पुरुष गरी ७९१ जना सङ्क्रमणमुक्त भएका छन् ।
हालसम्ममा प्रदेश नं १ मा कूल ३४ हजार ५३७ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।त्यस्तै प्रदेश १ मा आज ७४९ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा २३२, झापामा २०७, सुनसरीमा १६४, धनकुटामा ३८, उदयपुरमा ३४, सङ्खुवासभामा २५, इलाममा १३, पाँचथरमा ८, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १६४, सुन्दरहरैंचामा २४, पथरीशनिश्चरेमा ११, उर्लाबारीमा ८, बुढीगंगामा ६, कटहरी र बेलबारीमा ५–५, ग्रामथानमा ३, मिक्लाजुङ, लेटाङ, धनपालथान र रतुवामाईमा १–१ र स्थानीय तह नखुलेका २ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार झापाको बिर्तामोडमा ५५, कनकाईमा ३६, दमकमा २१, शिवसताक्षीमा १८, मेचीनगर र बुद्ध शान्तिमा १७–१७, भद्रपुरमा १२, अर्जुनधारामा १०, बाह्रदशी, गौरीगञ्ज र कमल गाउँपालिकामा ५–५, झापा गाउँपालिकामा ४, हल्दिबारीमा २, सुनसरीको इटहरीमा ६४, धरानमा ४६, दुहवीमा २९, इनरुवामा ११, बराहक्षेत्रमा ५, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २–२, रामधुनी, देवानगञ्ज, हरिनगर, गढी र स्थानीय तह नखुलेका १–१ जनामा सङ्क्रमण देखिएको छ ।
त्यस्तै धनकुटाको धनकुटामा नगरपालिकामा ३८, उदयपुरमा ३४, सङ्खुवासभाको पाँचखपनमा ३४, इलाममा १४, पाँचथरमा ६, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५५ हजार ६७६ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार २९८ पुगेको छ । प्रदेश १ मा शुक्रवार १ हजार ९४५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३३५ महिला र ४१४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।