कोरोना सङ्क्रमण दर घट्दो : ९,८४१ ले कोरोना जित्दा ६,९५१ नयाँ संक्रमित थपिए


काठमाडौँ, १४ जेठ । पछिल्लो समय कोरोना सङ्क्रमण दरभन्दा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या बढिरहेको पाइएको छ । यो सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या केही दिनदेखि नियमित रूपमा बढिरहेको छ । 

पछिल्लो २४ घण्टामा ६,९५१ जना सङ्क्रमित थपिदा ९,८४१ ले कोरोना जितेर घर फिरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६,९५५ र एन्टिजेन विधिबाट ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १३ हजार ३९४ रहेको छ ।हालसम्म सङ्क्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ७ हजार ४७ पुगेको छ ।

यसरी सङ्क्रमण दर घटेको देखिए पनि अहिले नै कोरोनाको जोखिम भने कम भएको मान्न नहुने जानकारहरू बत्ताउँछन् । 

प्रतिक्रिया दिनुहोस्