काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउनेकार्य नै सरकारको प्राथमिकता रहेको बताएका छन् ।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले शंकटकाबिच पनि रााष्ट्रले उल्लेख्य विकास गरेको बताएका छन् । कोरोना खोपको आवश्यक्ताको बारेमा बोल्दै विश्वभर नै खोपको माग अत्यधिक रहेकाले भ्याक्सिन उत्पादक संस्थाहरूले सोचे अनुरूपको उत्पादन गर्न नसक्दा खोपमा केही समस्या देखिए पनि यो समस्या समाधान गर्न सरकार लागिरहेको र जसरी पनि सरकार नेपाली जनतालाई खोप दिलाएरै छाड्ने योजनामा रहेको बताएका छन् ।
पछिल्लो समय संसद् विघटनको विरुद्धमा चौतर्फी विरोध भइरहेको र उक्त गतिविधिलाई असंवैधानिक भएको ठहर गर्दै सर्वोच्च अदालतमा रिट दर भएर सुनुवाइसमेत भइरहेको छ । प्रधानमन्त्री ओलीले संसद् विघटन संविधानसम्मत भएको भन्दै घुमाउरो पारामा राष्ट्रपतिको उक्त कदमको बचाउ गरेका छन् ।
प्रधानमन्त्री ओलीले उपचारमा संलग्न चिकित्सकमाथि भइरहेको भौतिक आक्रमणप्रति लक्षित गर्दै त्यसता गतिविधिलाई दण्डित गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको सरकारलाई ढाल्न विपक्षी गठबन्दनसँग मिलेकोमा नेपाल पक्षको कडा आलोचना गरेका छन् ।