प्रधान न्यायाधीश जबराले गठन गरे संवैधानिक इजलास


काठमाडौँ, १४ जेठ । संसद् विघटनको मुद्दा सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको नृतत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आज प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेका हुन् । 

संवैधानिक इजाल समा  न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्द मोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् । बिहीबार प्रधानन्यायाधीशको एकल बेञ्चले १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णया गरेको थियो ।

सर्वोच्च अदालतमा संसद् विघटनको विरुद्ध १९ र संवैधानिक इजालसको माग गर्दै ११ गरी जम्मा ३० वटा रिट दर्ता भएका छन् । 

प्रतिक्रिया दिनुहोस्