दुःखको बेलामा सहयोग गर्न नसकेकोमा बाबुरामले बारपाकका जनतासँग माफी मागे


काठमाडौँ, १४ जेठ । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले दुःखको बेलामा सहयोग गर्न नसकेको दुःख व्यक्त गर्दै गर्दै बारपाकी जनतासँग माफी मागेका छन् । 

कोरोनाको सङ्क्रमण बढ्दै गएको र आफू पनि कोरोनासँग लडिरहेको हुनाले दुःखको बेलामा साथ दिन नसकेकोमा उनले आफ्नो निर्वाचन क्षेत्र गोरखा बासपाकका जनतासँग माफी मागेका हुन् । 

बारपाकमा यतिबेला कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ ।  सो क्षेत्रका सांसदसमेत रहेका नेता भट्टराईले सामाजिक सञ्चालनमार्फत भूकम्पबाट सिथिल भएका बारपाकी जनता यतिबेला यतिखेर कोरोनाबाट झनै पीडित भएको बताउँदै उनले बारपाकी नागरिकलाई समयमै कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।आफ्नो ट्विटरमार्फत उनले हल्लाको पछि नलागी बारपाकी जनतालाई कोरोना परीक्षण गर्न अनुरोध गरेका छन् । उनले भनेका छन् ‘कोरोना परीक्षण गर्न नडराऊ ! थाहा पाए उपचार हुन्छ, थाहा नपाए मरिन्छ ! हल्लामा नलागौँ !’

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराई सुख दुःखमा जनतालाई साथ दिने एक त्यागी नेताको रूपमा परिचित छन् । 

प्रतिक्रिया दिनुहोस्